![काठमाडौं आउँदै गरेको ट्रक फिस्लिङ्गमा दुर्घटना [तस्वीर]](https://lktcdn2.prixacdn.net/media/HLG-Mugling-SadakDurghatnaa_OWBHIxiz03.jpg)
मुग्लिनबाट काठमाडौँ आउँदै गरेको ट्रक चितवनको इच्छाकामना–३ फिस्लिङ्गमा दुर्घटना भएको छ ।
आज विहान अन्दाजी ७ बजे मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ८ ख १५०९ न को ट्रक सडकमा पल्टिदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
अहिले उक्त ट्रकलाई क्रेनको मद्दतले सडकबाट निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन ।