१३ असार २०८३, शनिबार

साइबर ब्यूरो कै नक्कली फेसबूक बनाएर अपराध गर्ने प्रज्वल पक्राउ

फागुन १६, २०७७
साइबर ब्यूरो कै नक्कली फेसबूक बनाएर अपराध गर्ने प्रज्वल पक्राउ

साइबर ब्यूरो कै नक्कली फेसबुक बनाएर अपराध गर्ने एक जनालाई ब्यूरोले कपिलवस्तुबाट पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा बढ्दै गएको अपराधलाई नियन्त्रण गर्न गत बैशाखदेखि स्थापना भएको साइबर ब्यूरो कै लोगो प्रयोग गरेर नक्कली फेसबुक बनाएर आपराधिक लाभ लिएको आरोपमा कपिलबस्तु वाणगंगा नगरपालिका –२ का १८ बर्षीया प्रज्वल पोखरेललाई फागुन १३ गते पक्राउ गरेको ब्यूरोले जनाएको छ । 

ब्यूरोको नक्कली फेसबुकबाट सर्वसाधारणसँग कुराकानी गरेर प्रहरीको बदनाम गरेको भन्दै पक्राउ गरेको हो । 

प्रज्वललाई विद्युतिय कारोबार ऐन–२०६३ अन्तरगत अनुसन्धान हुने ब्यूरोले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्