लजाएकी युवती काँप्दै केटी चिया राखेको प्लेट लिएर आउँथिन, जसलाई मानिसहरुले सोच्थे, ‘खाना बनाउँन आउँछ ?’ त्यसपछि उनको विवाह हुन्थ्यो ।

तर अब विवाह भन्दा पहिला युवा र युवती कुराकानी गर्छन् । त्यसबेला उनीहरुबीच सबै कुरा हुन्छ ।
विवाहको कुरा कानी चल्यो जब मुगलसरायकी रेणुलाई राहु्लले फोन गरे । घरको सवै मानिस सुतिसकेका थिए । पहिलो पटकको कुराकानीमा राहुले सोधे, तिमिले कहिले प्रेम गरेकी छौं ।
रेणुले टार्ने प्रयास गरिनन् । तर राहुनले मानेनन् । उसले एक दोस्रोलाई राम्रोसँग चिन्नका लागि सवै थाहा हुनुपर्ने बताए । उसले आफूले पनि सवै कुरा भन्ने आश्वस्त पारे ।
रेणुले आफू शकीलसँग केही समय पहिला प्रेममा रहेको र विवाह गर्न चाहेको भएपनि परिवारले नमानेको बताइन् ।
यति भनेर रेणु फोनमा रुन लागिन् । राहुले फोन काटे ।
उसले उनलाई हरेक सामाजिक सञ्जालमा व्लक गरे । अन्तिम पटक रेणुले राहुललाई अर्कै नम्बर बाट अन्तिम पटक मेसेज गरिन् । उनले लेखिन्,‘मलाइ लागेको थियो, तिम अरु केटा भन्दा फरक छौं तर तिमी पनि उस्तै निस्कियौं । ’
विशाखापट्टनमकी डा रंजूको कथा यसभन्दा उल्टो छ, रंजूलाई उनका बाबुले नै ज्ञानेन्द्रको नम्बर दिएका थिए ।
रंजूले दोस्रो कुराकानीमा नै ज्ञानेन्द्रसँग कोहीसँग सेक्स गरेको छ भनेर सोधिन् । ज्ञानेन्द्रले पहिलो तिमि भन भने । रंजूले आफू व्याइफ्रेण्डसँग एक बर्षसँग बसेको र सेक्स गरेको बारे बताइन् ।
रंजूले ज्ञानेन्द्रको जवाफ मागिन उनले आफ्नो पत्नीसँग सेक्स गर्ने बताए । त्यसपछि रंजूले आफूसँग तिम्रो सम्बन्ध नजम्ने भएकाले अर्की केटी खोज्न भनिन् ।