०३ असार २०८३, बुधबार

संकटकाल लगाउनु हुन्छ ? भन्ने प्रश्नमा ओलीले हाँसेर टारिदिए

फागुन १६, २०७७
संकटकाल लगाउनु हुन्छ ? भन्ने प्रश्नमा ओलीले हाँसेर टारिदिए

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसलाले अस्थिरता निम्त्याउने बताएका छन् । आइतबार राति एक टेलिभिजन अन्तरवार्तामा प्रधानमन्त्री ओलीले आफूले पदबाट राजीनामा नदिने र आवश्यक परे विश्वासको मत लिने बताए । उनले आफूले अहिले नै राजीनामा दिए प्रचण्ड–नेपाल पक्षले खोजेर पनि प्रधानमन्त्री नपाएकाले अन्योलता उत्पन्न हुन सक्ने बताए ।

ओलीले प्रचण्ड नेपाल पक्षमा बहुमत सांसद नरहेको दावी गर्दै भए दलको नेता त के प्रधानमन्त्री नै घोषणा गरेर देखाउन चुनौति दिए । ‘बहुमत छ भने दलको नेता के प्रधानमन्त्री नै घोषणा गरे भइहाल्थ्यो नि’, ओलीले भने ।

‘म राजीनामा पत्र चाहिँ म लेख्दिनँ । मैले लेख्नुपर्ने अवस्था हैन र छैन । मैले अरु पनि बाटा सुनाउन सक्छु । आवश्यक परे विश्वासको मत लिन सक्छु । मैले विश्वासको मत पनि लिइन भने अर्को कुरा’ ओलीले भने ।
त्यसपछि प्रस्तोता राजेन्द्र बानियाँले त्यसो भए संकटकाल लगाउनु हुन्छ भन्ने प्रश्न गर्दा ओलीले हाँसेर टारिदिए । त्यसपछि उनले भने, ‘विश्वासको मत लिइनँ भने मलाई हटाउने कानुनी बाटो छ।’

उनले विगतमा एक प्रयोजनका लागि संकलन भएको हस्ताक्षर अहिले प्रचण्ड–नेपाल समूहले दुरुपयोग गरेको पनि आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्