०६ साउन २०८३, बुधबार

प्रधानमन्त्री ओली आज पोखरा आउँदै

फागुन १७, २०७७
प्रधानमन्त्री ओली आज पोखरा आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदै छन् । 

पोखरा अमरसिंहचौरमा तय भएको आमसभा सर्वोच्च अदालतको फैसलासँगै उत्पन्न परिणामका कारण स्थगन गरी उनलाई गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सरिक गराउन लागिएको हो । 

सोक्रममा प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्नुका साथै नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ ।

बिहान ११ बजे विमानबाट पोखरा विमानस्थल अवतरणपछि उनी गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यासपछि कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यतालिका छ ।

त्यसपछि पोखरा रंगशाला अवलोकन गर्नेछन् । 

राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीको पोखरा रंगशाला अवलोकनपछि आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक खेलकुदका पूर्वाधार निर्माणमा बल पुग्ने पोखरेलीको अपेक्षा छ । 
प्रधानमन्त्रीको स्वागतका लागि पोखरा रंगशालाको विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिएको छ । 

राखेप सदस्यसचिव रमेशकुमार सिलवालले प्रधानमन्त्री ओलीले निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल रंगशाला, भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, टेनिस कोर्ट, बहुउद्देश्यीय कभर्ड हल लगायतका खेल पूर्वाधार अवलोकन गर्ने कार्यक्रम रहेको बताए ।

ठिक एक वर्ष अघि फागुन १२ मा नेकपाको प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्न उनी पोखरा आएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्