०४ असार २०८३, बिहीबार

ककपिटमा पाइलटमाथि बिरालोले आक्रमण गरेपछि विमानको आकस्मिक अवतरण

फागुन १७, २०७७
ककपिटमा पाइलटमाथि बिरालोले आक्रमण गरेपछि विमानको आकस्मिक अवतरण

सुडानको राजधानी खार्तुमबाट विमान उडेको केही बेरमै एक बिरालोले ककपिटमा पाइलटमाथि आक्रमण गर्दा यात्रुवाहक विमान पुनः विमानस्थल फर्काउनुपरेको छ । 

आक्रोशित बिरालो कसरी ककपिटमा पसेको हो थाहा हुन सकेको छैन । 

घटना अघिल्लो बुधवार भएको हो । तार्को एयरलाइनको विमान खार्तुमबाट कतारको राजधानी दोहा जान लागेको बेलामा यस्तो अनौठो घटना हुन पुगेको हो । 

विमान उडेको लगभग आधा घन्टापछि बिरालोलाई पाइलटको क्याबिनमा भेटिएको थियो । 

उडिरहेको विमानमा बिरालो आत्तिएर आक्रामक हुन पुगेको थियो र विमान कर्मचारीहरूमाथि आक्रमण गर्न पुगेको थियो । त्यसमा नियन्त्रणमा लिने सबै प्रयास विफल भएपछि पाइलटले विमान फर्काएर खार्तुम नै लग्ने निर्णय लिए । 

उक्त विमान खार्तुम विमानस्थलको ह्यांगरमा राति राखिएको र सफाइका लागि ढोका खोलिँदा बिरालो सुट्ट पसेको हुन सक्ने बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्