कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
फागुन १७, २०७७
५० को दशकसम्म सामान्य व्यापरिक केन्द्रको रूपमा सीमित रूपन्देही (बुटवल) पछिल्लो साढे दुई दशकमा सबैलाई उछिन्दै विकास, निर्माण र पूर्वाधारको सबालमा मुलुककै लागि उदाहरणीय बन्न पुगेको छ ।
रूपन्देहीको पछिल्लो विकासले युरोपको झल्को दिन थालेको पूर्वाधारविज्ञहरूको भनाइ छ । विकास र पूर्वाधारका कामले रूपन्देही हरेक सम्भावना भएको जिल्लाको रूपमा स्थापित भएको छ ।
भौतिक संरचनाको विकास र सुविधामा सबैभन्दा बढी ठूला योजना भित्र्याउने जिल्लामा रूपन्देहीले सबैलाई उछिन्दै आएको छ । भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र यातायातको क्षेत्रमा रूपन्देहीले ठूलो छलाङ मारेको छ ।
यहाँका निर्माणसम्पन्न विकासका पूर्वाधार लोभ लाग्दा छन् । राष्ट्रिय गौरवका आयोजनासहित यहाँ दुई दर्जनभन्दा बढी ‘मेगा प्रोजेक्ट’ निर्माणाधीन छन् । केहीको निर्माण सम्पन्न भइसकेको छ भने केही सम्पन्न हुने चरणमा छन् ।
यी आयोजना पूरा भएपछि रूपन्देही साँच्चै देशकै ‘रोल मोडल’ जिल्ला बन्ने निश्चित छ । जिल्लालाई विकासका प्रचुर आधार, सम्भावना र ‘रोल मोडल’ बनाउने मुख्य योजनाकार हुन्– नेकपा (केपी शर्मा ओली समूह) का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल ।
पौडेलले तीनपटक (२०६४, २०७० र २०७४) मा लगातार चुनाव जितेर जिल्लामा विकासको बहार ल्याएका हुन् । पौडेलकै ‘भिजन’ले साँच्चै रूपन्देहीको रूप फेरिएको स्थानीय तहमा विश्लेषण र टिप्पणी हुने गर्छ । पौडेल जलस्रोत मन्त्री, रक्षामन्त्री हुँदै दुईपटक अर्थमन्त्री भए । तर सरकारमा रहँदा या नरहँदा रूपन्देहीमा योजना पार्न र विकासका कामलाई द्रुत गतिमा अघि बढाउन पौडेल निरन्तर खटेको देख्न सकिन्छ । पौडेलको निरन्तरको प्रयास र ध्यानले रूपन्देहीले विकासमा सबैलाई उछिनेको स्थानीयहरू टिप्पणी गर्छन् ।
गतवर्ष पौडेलले संसद् विकास कोषको सबै रकम शिक्षा पूर्वाधारमा खर्च गरेर शिक्षा विकासमा सबैको ध्यान मोडेका थिए । यो वर्षको पूरै चार करोड रूपैयाँ स्वास्थ्य क्षेत्रमा छुट्ट्याएका छन् ।
रूपन्देही मध्य तराईमा पर्छ । भारतसँग जोडिएको देशकै दोस्रो ठूलो बेलहिया (सुनौली) नाका यहीँ पर्ने भएकाले पनि रूपन्देही राष्ट्रिय चासोमा परिरहन्छ । भौगोलिक दृष्टिले पनि विविधता भएको रूपन्देहीको नारायणी पश्चिममा पर्यटकीय सम्भावना धेरै छ ।
यी हुन् रूपन्देहीको रूप फेर्ने विकासका ठूला आयोजनाहरू :
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । यो विमानस्थलको २०६४ मा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले शिलान्यास गरेका थिए । विमानस्थल अबको तीन महिनाभित्र सम्पन्न हुने आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।
‘केही महत्त्वपूर्ण उपकरणहरू जडानका लागि चिनियाँ टोली आउन ढिलाइ हुँदा काम केही पर सरेको मात्र हो । अबको तीन महिनाभित्र सबै काम सकिन्छ’ उनले थपे । विमानस्थलको भौतिक प्रगति ९५ प्रतिशत छ । अब उपकरण जडान र रूट परमिटको काम मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।
विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंक (एडीबी) को ऋणमा निर्माण भइरहेको विमानस्थलको लागत सात अर्ब ३२ करोड रूपैयाँ हाराहारी छ । विमानस्थल सञ्चालनमा आएपछि तेस्रो मुकुकका दैनिक १२ हजारभन्दा बढी पर्यटक लुम्बिनीमा आउने अपेक्षा गरिएको छ ।
बुटवल–बेलहिया ‘सिक्स’ लेन सडक
काठमाडौं उपत्यकाबाहिरको पहिलो बुटवल–बेलहिया (सुनौली) ६ लेन व्यापारिक मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
२७ किलोमिटरको यो सडकमा यात्रा गर्दा युरोपमा यात्रा गरेजस्तै अनुभव हुने यहाँका सर्वसाधारण, स्थानीय व्यवसायी र घुम्न आउने पर्यटकको प्रतिक्रिया हुने गर्छ । यो सडक राष्ट्रिय महत्त्वको आयोजना हो ।
तीन वर्षदेखि बुटवल बजार क्षेत्रका घरधनीले अदालतमा मुद्दा हालेर काममा अवरोध पुर्याएका थिए । तर रोकिएको सडक विस्तारको काम अर्थमन्त्री पौडेलले गएको माघ १५ गते शिलन्यास गरेर अघि बढाए । १ घण्टा लाग्ने यो सडकको यात्रा अहिले १८ मिनेटमा छोटिएको छ ।
बुटवलको मुख्य बजार क्षेत्रमा रोकिएको करीब ३ किलोमिटर सडक विस्तारको काम (६ लेनको सडक निर्माण गर्ने योजना) दुई वर्षमा सम्पन्न भैसक्ने आयोजना प्रमुख जयलाल मरासिनीले लोकान्तर डट्कमलाई बताए ।
‘सुनौलीको डन्डा खोलानजिक, बाइपास सडक र बुटवलको बजार क्षेत्र अब हाम्रो बाँकी काम हो । हामीले काम तीव्र रूपमा अगाडि बढाएका छौं । आयोजनाले गति लिइसक्यो । अबको दुई वर्षभित्र सुनौली गोलपार्कसम्म सडक पूरा हुन्छ,’ उनले थपे ।
यो सडकले भारतसँगको दोस्रो ठूलो नाका सुनौलीबाट पूर्व–पश्चिम राजमार्गलाई बुटवलमा जोड्छ । आर्थिक वर्ष २०६८/२०६९ बाट निर्माण थालिएको लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण आयोजना हो यो । आयोजनको लागत ६ अर्ब रूपैयाँ रहेको छ ।
बुटवल–नारायणगढ ‘एसियन हाइवे’
बुटवल पूर्वमा पूर्वी नवलपरासीको गैडाकोटसम्म ‘एसियन हाइवे’ निर्माण अगाडि बढेको छ । जंगलमा ४ र बस्तीमा ६ लेनको यो सडक स्तरोन्नतिको काम २०७५ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा शिलान्यास गरेका थिए । कोरोना महामारीले केही समय रोकिएको यो आयोजनाले अहिले गति लिएको छ । सडकमा पर्ने पुलहरू निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ ।
दाउन्ने पूर्व र दाउन्ने पश्चिम गरी दुई खण्डमा निर्माण थालिएको सडकको लम्बाइ ११५ किलोमिटर छ । ५० वर्षअगाडि राजा महेन्द्रको पालमा बनेको यो पूर्वपश्चिम राजमार्गको मध्य भागमा पर्ने सडक वर्तमान सरकारको पालामा अर्थमन्त्री पौडेलको ‘भिजन’बाटै विस्तारको योजना अगाडि बढेको हो ।
सडक फराकिलो पार्न चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनले १७ अर्ब रूपैयाँमा ठेक्का लिएको हो । आगामी ०७९ सालमा काम सम्पन्न गर्ने गरी सम्झौता भैसकेको छ । ‘लकडाउन’ का कारण सडक निर्माणको काम ७ प्रतिशतसम्म मात्र हुन सकेको छ । आयोजनाका इञ्जिनीयर प्रदीपराज शाक्यले सडक विस्तार कार्यले विस्तारै गति लिन थालेको जानकारी दिए ।
बुटवलमा अन्तर्राष्ट्रिय सभागृह र प्रदर्शनी स्थल
बुटवलको रामनगरमा अन्तर्राष्ट्रिय स्तरको बुटवल सभाहल र प्रदर्शनी केन्द्र निर्माण भइरहेका छन् । सभा हलको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । प्रदर्शनी केन्द्रको २० प्रतिशत काम सकिसकेको छ ।
बुटवल सभाहल नाम दिइएको उक्त आयोजनाका प्रमुख शिखर लामाले आउँदो वर्ष सभाहल र २०७९ भित्र प्रदर्शनी केन्द्र निर्माण पूरा भइसक्ने लोकान्तरलाई जानकारी दिए ।
सभाहल नेपालको झण्डा आकारको हुनेछ, जसमा चन्द्र र सूर्य अंंकित गरिने छ । १२ सय क्षमताको उक्त सभा हलको लागत ८० करोड रूपैयाँ छ । त्यस्तै प्रदर्शनी केन्द्रको लागत १ अर्ब २ करोड रूपैयाँ छ ।
सभा हलमा ८ सय स्टल रहनेछन् । सभा हलमा एकैपटक १० हजारभन्दा बढी मानिसहरूले सहभागिता जनाउन सक्नेछन् । दुवै योजना पौडेलले नै अघि बढाएका हुन् । रामनगरस्थित बुटवल मण्डपको पश्चिमतर्फको ६ दशमलव ४ बिघा क्षेत्रफलमा प्रदर्शनी केन्द्र निर्माण हुँदैछ ।
शहरी विकास मन्त्रालयमार्फत निर्माण हुने यो प्रदर्शनी केन्द्र सरकारी स्तरको नेपालको सबैभन्दा ठूलो प्रदर्शनी केन्द्र बन्नेछ ।
तिलोत्तमामा बुटवल मेडिकल कलेज
रूपन्देहीको तिलोत्तमामा पूर्ण सरकारी स्वामित्वको बुटवल मेडिकल कलेज बन्दैछ । मेडिकल कलेजको डीपीआर निर्माण अन्तिम चरणमा पुगेको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १ र ८ मा पर्ने शंकरनगर र करिहया सामुदायिक वनको झण्डै दुई सय बिगाहा जमिनमा मेडिकल कलेज बनाइँदैछ ।
योजनाअनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजका रूपमा स्थापना हुने आयोजना निर्देशक मानबहादुर घिमिरेले जानकारी दिए । त्यसका लागि करीब १२ अर्ब रूपैयाँ खर्च हुने पूर्वानुमान गरिएको छ ।
उक्त अस्पताल १ हजार बेड क्षमताको हुनेछ । सोही क्षेत्रभित्र दुईवटा ठूला भवनहरू बन्नेछन्, जहाँ १ हजार विद्यार्थी पढ्न भवन र ५ सय डाक्टर–नर्स बस्न होस्टेल भवन बनाइनेछ । एउटा स्कूल, खेल मैदान, स्वीमिङ पुलसहित मेडिकल कलेज अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको आयोजनाले बताएको छ ।
२०७५ चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले तिलोत्तमा–१ नयाँमिलस्थित बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको शिलान्यास गरेका थिए ।
‘एक प्रदेश एक मेडिकल कलेज’ सरकारी नीतिअनुसार प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने भन्दै सरकारले दुई वर्षअगाडि बजेट छुट्याएर काम थालेको हो ।
भैरहवा लुम्बिनी चार लेन सडक
बुटवल–बेलहिया सडकजस्तै भैरहवा–लुम्बिनी सडकको मुहार पनि फेरिएको छ । थ्रोत्रा गाडी, मालबाहक ट्रक र भत्किएको सडकले लुम्बिनी आउने पर्यटक नाक खुम्च्याउँथे । अब त्यस्तो हुने छैन । भैरहवादेखि लुम्बिनी हँुदै तिलौराकोटसम्मको सडक चार लेनमा विस्तार भइसकेको छ । लुम्बिनीसम्मको सडकको काम सकिने चरणमा छ ।
भैरहवा– लुम्बिनी १६ किलोमिटर र लुम्बिनी–तौलिहवा सडकको लम्बाइ २२ किलोमिटर छ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरी भन्छन्, ‘यी सडक पूरा भएपछि पर्यटकीय क्षेत्रको मुहार फेरिनेछ । प्रदेश सरकारले पनि विकासमा निगरानी गर्दै आएको छ ।’
तिनाउ दानव करिडोर
बुटवल नदी छेउको शहर हो । बुटवललाई नदी सभ्यतामा विकसित शहरका रूपमा उभ्याउने प्रयास भएको छ । सोबमोजिम बुटवलमा तिनाउ दानव करिडोर योजना थालनी भएको छ ।
दोस्रोपटक अर्थमन्त्री बनेलगत्तै विष्णु पौडेलले तिनाउ–दानव कोरिडोर शिलान्यास गरेका छन् । यो महत्त्वाकांक्षी सडक भए पनि निर्माण सकिँदा रूपन्देहीकै स्वरूप फेरिने विश्वास अधिकारीहरूले लिएका छन् ।
तिनाउ र दानव नदी क्षेत्रमा दुवै साइडमा बन्ने यो सडक भैरहवा–लुम्बिनी सडकमा जोडिनेछ । यसलाई भारतीय सीमासम्म नै पुर्याउने दीर्घकालीन लक्ष्य लिइएको छ । छ लेनको यो सडकले रूपन्देहीका ग्रामीण क्षेत्रमा स्तरीय सडकको पहुँच पुग्नेछ भने तिनाउ नदीको सौन्दर्य समेत बढाउने छ ।
तिनाउ नदीमाथि आर्कब्रिज बनाउने योजनामाथि समेत छलफल भइरहेको छ । ड्याम बनाएर बोटिङ गराउने योजना समेत छ ।
बेलबास–बेथरी सडक
रूपन्देहीको अर्काे नमूना सडक बेलबास–बेथरी सडक हो । साढे १ अर्ब रूपैयाँको लागतमा बनिरहेको यो सडक भैरहवा विमानस्थल र बुद्ध जन्मस्थल लुम्बिनी पुग्ने सजिलो रुट हो । बीचमा नहर, वारिपारि दुई लेनको सडक हुनेछ ।
नहरमा डुंगा चलाउन मिल्ने र नहरमाथि फूलको बगैँचा बन्ने छ । प्रदेश सरकार मातहत यो सडक बनिरहेको हो । यसले रूपन्देहीका गाउँमा परिवर्तन ल्याएको छ । कृषिउपज सहजै बजार ल्याउन सकिएको छ ।
किसानहरू साइकलमै बुटवल र भैरहवाका हाटबजारमा कृषि उपज बोकेर पुग्न थालेका छन् ।
बहुविषयमा पढाउँदै लुम्बिनी बौद्ध विश्वविद्यालय
रूपन्देहीको देवदहमा सय बिगाहा क्षेत्रफलमा लुम्बिनी बौद्ध विश्वविद्यालयको पूर्वाधार बन्दैछ । विश्वविद्यालयले चालू शैक्षिक सत्रमै कृषि तथा वन, वातावरण र डेभलपमेन्टका विषयहरू शुरू गरेको छ ।
‘सय बिगाहा क्षेत्रलाई तपोवनका रूपमा विकास गरेर बौद्ध विश्वविद्यालयका कक्षाहरू सञ्चालन हुनेछन्,’ विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले भने ।
विश्वविद्यालयले बुटवलको नयाँ गाउँमा डीन कार्यालयसहितको आंगिक क्याम्पसका लागि पूर्वाधार तयार गर्दैछ ।
मोतीपुर औद्योगिक क्षेत्र
बुटवलमा एक प्रदेश एक औद्योगिक क्षेत्र बनाउने सरकारी योजनाअनुसार औद्योगिक क्षेत्र स्थापना हुँदैछ । ८१३ बिगाहा क्षेत्रफलमा ५ वर्षभित्र अनुमानित ८ अर्ब रूपैयाँको लागतमा निर्माण हुन लागिरहेको मोतीपुर औद्योगिक क्षेत्रमा ५ सय ४४ औद्योगिक प्लट हुनेछन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको जग्गालाई ३ सेक्टरमा विभाजन गरेर काम अघि बढाएको छ । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिकाको क्षेत्रफललाई समेट्ने गरी बन्न लागेको औद्योगिक क्षेत्र २०४१ साल यताको पहिलो हुनेछ ।
तिलोत्तमा नगरपालिकालाई ‘ए’ वर्ग, मोतीपुर क्षेत्र ‘बी’ वर्ग र फर्साटिकर क्षेत्रलाई ‘सी’ वर्गमा राखेर ती प्लटको निर्माण गरिने छ । ‘ए’ सेक्टरमा १ सय ३० प्लट निर्माण हुनेछन् । सबैभन्दा ठूलो ‘बी’ सेक्टरमा २ सय ६२ प्लट र ‘सी’ सेक्टरमा १ सय ५२ प्लट बन्नेछन् ।
सिद्धबाबामा सुरूङमार्ग
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बनाउने प्रक्रिया अगाडि बढेको छ । अबको केही साताभित्र टेन्डरको प्रक्रियामा जाने बुटवलमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले जानकारी दिएका थिए । १.५ किलोमिटर क्षेत्रमा सुरुङमार्ग बन्नेछ । सुरुङमार्ग बनाउन भौगर्भिक अध्ययन पनि सकिएको छ ।
२०७२ सालमै सुरुङमार्ग बनाउन विस्तृत अध्ययन गर्नका लागि बजेट विनियोजन गरिएको थियो । त्यसको लागि १० अर्ब रूपैयाँभन्दा बढीको बजेट सुरक्षित गरिसकिएको छ ।
डीपीआरको काम सकिएर अब टेन्डर प्रक्रिया अगाडि बढने तयारीमा छ । यो क्षेत्रलाई मृत्यु मार्गको उपनामले पनि चिनिन थालिएको छ । डीपीआरको काम स्वीजरल्यान्डको विज्ञ टोलीले गरेको थियो । दोभानदेखि सिद्धबाबासम्म हिउँद होस् या वर्षायाम, जुनसुकै बेला खसिरहने पहिरोमा परी ७० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
बुटवलमा ५० वर्षका लागि खानेपानी आयोजना
२७ वर्षदेखि बुटवलमा पाल्पाको झुम्सा खोलाबाट खानेपानी ल्याउने योजना अगाडि बढे पनि त्यसले गति लिन सकेन । अहिले ५० वर्षका लागि पुग्ने गरी झुम्साखोला–खानेपानी आयोजना अगाडि बढेको छ ।
त्यसका लागि बजेटको कुनै अभाव नहुने प्रतिबद्धता अर्थमन्त्री पौडेलले जनाइसकेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।
‘बुटवलमा जतिसुकै बसाइँसराइ भएपनि अब आउँदो ५० वर्षलाई पानी प्रशस्त पुग्ने गरी पाल्पाको झुम्साखोलाबाट ल्याउँदै छौं,’ सुवेदीले भने । तीव्र जनघनत्व भएको बुटवलमा अहिलेसम्म पर्याप्त खानेपानी आपूर्तिमा समस्या छ ।
पूरा हुँदै लुम्बिनी गुरुयोजना
विश्व शान्तिका अग्रदूत महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकास गर्न तयार पारिएको लुम्बिनी गुरुयोजना पूरा हुँदैछ ।
सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए । लुम्बिनी गुरुयोजनाका लागि झण्डै ६ अर्ब रूपैयाँ लाग्नेछ ।
लुम्बिनीमा ५ हजार मानिस अट्ने क्षमताको सभाहल निर्माण अन्तिम चरणमा पुगेको छ ।
सिद्धार्थ राजमार्ग फोर लेन
सुनौली–पोखरा सिद्धार्थ राजमार्ग ४ लेनमा विस्तार हुँदैछ । साँघुरो र निर्माण भएको लामो समयसम्म विस्तार हुन नसकेको यो सडकलाई फोर लेनमा विस्तार गर्ने कार्य सरकारले अगाडि बढाएको छ ।
बुटवल– चन्द्रौटा सडक विस्तार हुँदै
बुटवल पश्चिम कपिलवस्तुसम्म सडक विस्तार गरिँदैछ । यो सडक पनि फोर लेनमा विस्तार गर्ने योजना अगाडि बढेको छ । बुटवलबाट नेपालगञ्जसम्म चार लेनमा सडक विस्तार कार्यको पहिलो चरणमा कपिलवस्तुको चन्द्रौटासम्म विस्तार गर्न लागिएको छ ।
निजी क्षेत्रको आकर्षण रूपन्देही
रूपन्देही लगानीका लागि उपयुक्त क्षेत्र बनेको छ । सहज नाका र सहज वातावरणले यहाँ निजी क्षेत्रले लगानी गरिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रूपन्देही लगानीका लागि आकर्षणको केन्द्र बन्दै गएको बताए । रूपन्देही भर्खरै ४ अर्ब रूपैयाँभन्दा बढी लगानीमा दुईवटा केबलकार शिलान्यास भएका छन् ।
लुम्बिनी केबलकार र सिद्धार्थ केबलकारले बुटवललाई बेस बनाएर पाल्पाको नुवाकोटगढी र वसन्तपुरसम्म पुगेर भारतको गोरखपुरसम्म देख्न सकिने डाँडासम्म पुग्ने केबलकार बनाउन लागेको हो ।
दुईवटै केबलकार दुई वर्षभित्र निर्माण पूरा गर्ने गरी प्रतिस्पर्धामा निर्माण अगाडि बढाइएको छ । यसले बुटवलको पर्यटनमा ठूलो फड्को मार्ने अपेक्षा लिइएको छ ।
होटल क्षेत्रमा लगानीको ओइरो
पाँच वर्ष अगाडिसम्म स्तरीय होटल नभएको रूपन्देहीमा ५ वटा फाइभ स्टार होटल बनिसकेका या बन्ने चरणमा छन् । टाइगर प्यालेस रिसोर्ट, पवन होटल लगायत ५ वटाभन्दा बढी फाइभ स्टार होटल बन्दैछन् ।
केही सञ्चालनमा आइसकेका छन् । त्यस्तै मध्यमस्तरका होटलहरूले लगानी बढाएर स्तरोन्नति गरेको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बताए ।
अहिले रूपन्देही होटलको हब बन्दै गएको जिसीको भनाइ छ । रूपन्देहीमा अहिले १ सयवटासम्म स्टार होटल बनिसकेका छन् । होटलमा मात्रै रूपन्देहीमा २ अर्ब रूपैयाँभन्दा बढी लगानी भइसकेको होटल व्यवसायीहरूको भनाइ छ ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...