०७ असार २०८३, आइतबार

पीसीपीएस कलेजको तेश्रो दिक्षान्त समारोह सम्पन्न

फागुन १७, २०७७
पीसीपीएस कलेजको तेश्रो दिक्षान्त समारोह सम्पन्न

पाटन कलेज फर प्रोफेसनल स्टडिज ( पीसीपीएस कलेज) ले आफ्नो तेश्रो दिक्षान्त समारोह होटेल काठमाडौँ म्यारिओटमा आयोजना गरेको छ ।

यो कलेज बेलायत स्थित प्रसिद्ध बेडफर्डशाईर विश्व विद्यालयसँग आवद्ध छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बीबीए बिषय संग सम्बन्धित कूल ६४ जना विद्यार्थीहरुले स्नातक तह उत्तीर्ण गरेको  प्रमाण पत्र प्राप्त गरेका थिए । 

पीसीपीएस अहिले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ  र बिजनेस एडमिनिस्ट्रेशन विषयहरुमा स्नातक तहको शिक्षा प्रदान गरिरहेको छ ।  यसैगरी यस  कलेजले फुसेमसिंस नामक कम्पनीसंग साझेदारी गरि  आर्टिफिसियल इन्टेलिजेन्स बिषयमा  माइक्रो डिग्री कार्यक्रम पनि संचालन गरिरहेको छ ।           

salt training

कमेन्ट गर्नुहोस्