२६ असार २०८३, शुक्रबार

नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

फागुन १७, २०७७
नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु २ बढाएको हो ।
जसअनुसार काठमाडौं उपत्यकामा अब एक लिटर पेट्रोल किन्न ११६ रुपैयाँ तथा डिजेल र मट्टितेल किन्न ९९ रुपैयाँ तिर्नुपर्ने भएको छ । यस्तै हवाइ इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २५ प्रति किलो लिटरका दरले वृद्धि गरिएको छ ।
अन्तराष्ट्रिय बजारमै बढेपछि निगमले पछिल्लो समय निरन्तर इन्धनको मूल्य बढाउँदै लगेको छ।  

 

salt training

कमेन्ट गर्नुहोस्