०७ साउन २०८३, बिहीबार

गोकुल बाँस्कोटाको दावी : कम्फरटेबल पार्टीले राष्ट्रपतिविरुद्ध महाअभियोगको तयारी गरिरहेको छ

फागुन १८, २०७७
गोकुल बाँस्कोटाको दावी : कम्फरटेबल पार्टीले राष्ट्रपतिविरुद्ध महाअभियोगको तयारी गरिरहेको छ

पूर्वमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता गोकुल बाँस्कोटाले प्रचण्ड नेपाल समूहले प्रधानमन्त्रीले राजनीमा नदिएसम्म सदन चल्न नदिने तयारीमा लागेको टिप्पणी गरेका छन् । 

मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले राष्ट्रपतिमाथि पनि महाअभियोग लगाउने तयारी भइरहेको सुनिएको बताएका छन् । 
उनले लेखेका छन्,'नेपाल कम्फरटेबल पार्टीले प्रमले राजीनामा नदिए सम्म सदन चल्न नदिने र राष्ट्रपतिलाई हतोत्साही बनाउनकै लागी भए पनि महाअभियोग ल्याउने तयारी गर्दै छन रे! झलनाथकाे तयारीमा रामचन्द्र कवाफमा हड्डी भएर मात्र घाेषणा नभएकाे रे। लाैन प्रभु! मिलाई देऊ।'

— Gokul Prasad Baskota (@GokulPBaskota) March 2, 2021

salt training

कमेन्ट गर्नुहोस्