काठमाडौँ, ७ जेठ - काठमाडौँ महानगरपालिका–२६ को वडाध्यक्षमा नेपाली काँग्रेसका खेमराज तिवारी दुई हजार ९७ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का रवीन्द्र रिमालले एक हजार ८७३ मत प्राप्त गर्नुभयो । यसैगरी खुल्ला वडा सदस्यमा कृष्ण रजक र तीर्थरात्री डङ्गोल, खुल्ला महिला सदस्यमा शान्ता गौतम र दलित महिला सदस्यमा निर्मला बोगटी विजयी हुनुभएको सहायक मतदान अधिकृत प्रेम पौडेलले जानकारी दिनुभयो । वडा सदस्यमा निर्वाचित चारैजना एमालेको उम्मेदवार हुन् ।