बलिउड अभिनेता जोन अब्राहमले मंगलवारको आरम्भ उत्तेजक पारामा गरेका छन् ।
उनले इन्स्टाग्राममा पूर्ण नग्न शरीर तकियाले मात्र रणनीतिक रूपमा छोपेर तस्वीर अप्लोड गरेका छन् ।
तस्वीरमा जोन घरको सोफामा बसिरहेको र छेउमा रूम हीटर रहेको देखिन्छ । उनको दाहिने गोडा उचालिएको छ र तकिया काखमा छ । ‘लुगा कुर्दै’ भनी उनले क्याप्सन दिएका छन् ।
उनको यो पोस्टमा रमाइला कमेन्ट आएका छन् । ‘च्व च्व, एकाबिहानै के गरेको यस्तो,’ एकजनाले टिप्पणी गरे ।
कसले तस्वीर खिचेको हो नि भनी अन्यले सोधे ।
जोन नयाँ याक्सन फिल्म अट्याकको शूटिङ गरिरहेका छन् ।