२३ असार २०८३, मंगलबार

राजनीति तात्यो, भोट माग्दै कांग्रेस नेत्री प्रियंका डोको भिरेर चिया बगानसम्मै

फागुन १८, २०७७
राजनीति तात्यो, भोट माग्दै कांग्रेस नेत्री प्रियंका डोको भिरेर चिया बगानसम्मै

चुनाव नजिकिएका बेला नेताहरू मतदातालाई फकाउन के–के गर्छन् ? भारतको आसाम प्रदेशमा हुन लागेको विधानसभा निर्वाचनका लागि भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी वाड्रा डोको भिरेर चिया बगानसम्मै पुगेकी छन् ।

सोमवारदेखि आसामको चुनावी अभियानमा रहेकी प्रियंका नृत्य गरिरहेको अवस्थामा समेत देखिएकी थिइन् । मंगलवार उनी चिया बगानमा पुगेकी छन् ।

आसामको तेजपुरमा हुन लागेको जनसभाअघि प्रियंकाले चिया बगानमा पुगेर महिला मजदुरसँग भोट मागेकी छन् । आसान निर्वाचनमा चिया बगान मजदुरको मुद्दा बलियो रहेको छ ।

चिया बगानबाट फर्केपछि ट्वीट गर्दै प्रियंकाले लेखेकी छन्, ‘आसामको विविधतायुक्त संस्कृति नै आसामको शक्ति हो । आसाम यात्राका क्रममा भेटिएका व्यक्तिबाट महसूस भयो कि स्थानीयहरू यो विविधतायुक्त संस्कृतिलाई बचाउन प्रतिबद्धताबाट तयार छन् । आफ्नो संस्कृति र विरासत बचाउनका लागि आसामका जनताले गरिरहेको लडाइँमा कांग्रेस पार्टी उनीहरूको साथमा छ ।’

सोमवार प्रियंकाले चुनावी अभियानकै क्रममा कामाख्या देवी मन्दिरमा पूजाआजा समेत गरेकी थिइन् । उनले स्थानीय आदिवासीसँग ट्राइबल डान्स समेत गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्