१८ असार २०८३, बिहीबार

विप्लव नेतृत्वको नेकपाले वार्ता टोली गठन गर्दै, प्रतिबन्ध फुकुवाको तयारीमा सरकार

फागुन १८, २०७७
विप्लव नेतृत्वको नेकपाले वार्ता टोली गठन गर्दै, प्रतिबन्ध फुकुवाको तयारीमा सरकार

भूमिगत क्रियाकलाप गरिरहेको नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र सरकारबीच वार्ताको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलवार साँझसम्म या बुधवार सम्ममा विद्रोही नेकपाले वार्ता टोली गठनको तयारी गरेको स्रोतको दाबी छ ।

प्रवक्ता समेत रहेका नेता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को नेतृत्वमा वार्ता टोली गठनको तयारी भएको नेकपा स्रोतले लोकान्तरलाई जानकारी दियो । सरकारले पनि मन्त्रीस्तरको वार्ताटोली बनाउने समझदारी भएको स्रोतको दाबी छ ।

सरकार पक्षले पनि प्रतिबन्धित नेकपासँग छिट्टै वार्ताको तयारी भइरहेको बताउँदै आएको छ । आइतवार झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै वार्ता हुने बताएका थिए ।

सोमवार पोखरामा आयोजित कार्यक्रममा पनि ओलीले विस्लवसँग वार्ताको तयारी भएको दोहोर्याएका थिए । फागुन ८ गते विप्लवले विज्ञप्ति प्रकाशित गरी सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्