×

NMB BANK
NIC ASIA

जथाभावी फोहोर फ्याकिएपछि अदालतमा हाजिर हुन आदेश

फागुन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

उच्च अदालत विराटनगर, इलाम इजलासले १ नम्बर प्रदेश, उद्योग, पर्यटन तथा वन मन्त्रालय तथा झापाको मेचीनगर, बिर्तामोड र भद्रपुर नगरपालिकालाई १५ दिनभित्र फोहोरमैला व्यवस्थापनसम्बन्धी जवाफसहित हाजिर हुन आदेश गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

मेचीनगर नगरपालिका–७ का होमनाथ प्रसाईंले झापाको मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकाले जथाभावी फोहोरमैला फ्याँकेर वातावरण प्रदूषित तुल्याएको आरोप लगाउँदै मन्त्रालय र ३ वटा स्थानीय तहलाई विपक्षी बनाई परमादेश आदेशको मागसहित सोमवार इलाम इजलासमा रिट दर्ता गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उच्च अदालतका न्यायाधीश विष्णुप्रसाद कोइरालाले रिट सम्बन्धमा सोमवार पहिलो सुनुवाइ गर्दै विपक्षीका नाममा परमादेश किन जारी नगर्नु पर्ने हो त्यसको जवाफसहित अदालतमा उपस्थित हुन आदेश जारी गरेको निवेदकका पक्षबाट बहस गरेकी अधिवक्ता हेमकला कट्टेलले बताइन् ।


Advertisment
Nabil box
Kumari

नेपालको संविधानको धारा–३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने उल्लेख भएको जनाउँदै रिट निवेदक प्रसाईंले नगरपालिकाहरूले राजमार्ग किनारमा फोहोर फ्याँक्ने र डढाउने गरेको, नदी किनारमा फोहोर विसर्जन गरेको, आगो लगाएर फोहोर डढाउने कार्य गरी वातावरणमा विषाक्त प्रदूषण फैल्याउने गरेको र ल्यान्डफिल्ड साइटको व्यवस्था नगरेको आरोप लगाए ।

Vianet communication
Laxmi Bank

अधिवक्ता कट्टेलका अनुसार निवेदकले मन्त्रालय र नगरपालिकाहरूलाई ल्यान्डफिल्ड साइटको व्यवस्था गर्न लगाउन, कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै गाडीबाट संकलन गराउन, राजमार्ग किनार र नदीहरूमा फोहोर विसर्जन नगर्न र डढाउने कार्य रोक्न, नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको प्रत्याभूति गर्न परमादेश आदेश जारी गरिनुपर्ने माग गरेका छन् ।

रिट निवेदकका तर्फबाट अधिवक्ता हेमकला कट्टेल र अधिवक्ता पदमबहादुर श्रेष्ठले बहस पैरवी गरेका थिए । वातावरणसम्बन्धी स्वच्छता कायम राख्ने विषय शीघ्र किनारा लाग्नुपर्ने देखिएको हुँदा यो मुद्दालाई अग्राधिकार दिनेसमेत अदालतबाट आदेश भएको कट्टेलले बताइन् ।

झापाका नगरपालिकाहरूले फोहोरमैला व्यवस्थापनमा गरिरहेको लापरवाही रोक्न माग गर्दै मेचीनगर–७ का होमप्रसाद प्रसाईं र भद्रपुर–९ का कमलप्रसाद राजवंशीले मेचीनगर, बिर्तामोड र भद्रपुर नगरपालिकामा ज्ञापनपत्र पेश गरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x