२६ असार २०८३, शुक्रबार

काठमाडौँ महानगरपालिकामा एमालेको अग्रता कायमै, कसको कति मत ?

कात्तिक २०, २०७४
काठमाडौँ महानगरपालिकामा एमालेको अग्रता कायमै, कसको कति मत ?


काठमाडौँ, ७ जेठ - काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले २६ हजार १५२ मत ल्याई अग्रता कायम राख्नुभएको छ ।election-final

नेपाली काँग्रेसका राजुराज जोशीले १८ हजार ५३०, विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले १० हजार ५२०, साझा पार्टीका किशोर थापाले आठ हजार ११ तथा नेकपा (माओवादी केन्द्र)का सर्वाेत्तम डङ्गोलले दुई हजार ९४९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले २४ हजार १६२, राप्रपाका राजाराम श्रेष्ठले १५ हजार ८८५ र साझा पार्टीकी निरूपमा यादवले पाँच हजार १२१ तथा माओवादी केन्द्रकी सुशीला पौडेलले चार हजार २३० मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म ८१ हजार १८० मतगणना भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्