२६ असार २०८३, शुक्रबार

विप्लवले प्रकाण्डलाई दिए सरकारसँग वार्ताको जिम्मेवारी

फागुन १८, २०७७
विप्लवले प्रकाण्डलाई दिए सरकारसँग वार्ताको जिम्मेवारी

सरकारले वार्ता समिति गठन गरेको सार्वजनिक भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लवले समेत वार्ता समिति गठन गरेका छन् ।

पार्टी प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक सदस्य रहेको २ सदस्यीय वार्ता समिति गठन गरिएको महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधिनताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी सहमत भएको छ । पार्टीका तर्फबाट वार्तामा सहभागी बन्न पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य एवं प्रवक्ता क. प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य क. दीपक सदस्य रहेको २ सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको जानकारी गराउँछौं । धन्यवाद !’

salt training

कमेन्ट गर्नुहोस्