साइनी नोरचोक बुटिक होटेल : कर्णालीको 'मार्सी सेट'देखि डोल्पाको मसरुम सुपसम्म [भिडियो रिपोर्ट]

विश्वास खनाल
विश्वास खनाल

खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

नेपालकै नमूना 'बुटिक होटेल' बनाउने लक्ष्यका साथ राजधानी काठमाडौँको लाजिम्पाटस्थित साइनी नोरचोक बुटिक होटेल अघि बढिरहेको छ ।

लकडाउन अगाडि नोरचोक होटल मात्र रहेको यो बुटिक होटेल लकडाउनपश्चात साइनीको व्यवस्थापनले चलाएपछि 'साइनी नोरचोक बुटिक होटेल' बनेको छ, जसका सीईओ दिपक ठाकुर हुन् । 


Advertisement

क्वालिटी र सर्भिसमा कुनै सम्झौता नगर्ने होटलका एक्जुकेटिभ सेफ हेवेन खनालले लोकान्तरलाई जानकारी दिए । स्वादिला खानेकुराहरु पस्कने यस होटलमा कुजिनका अलावा ग्राहकहरुलाई नेपालीपनको आभास दिलाउन टिपिकल नेपाली खानेकुरा डोल्पाबाट ल्याइएका मोरल मसरुम सुप, कर्णालीको मार्सी थाली सेट र सोलुखुम्बुको हिमालयन स्नो ट्राउट माछा जस्ता परिकारहरु पनि मेनुमा समावेश गरिएको छ । 

पुरानो शैलीको घर, फाइन डाइनिङ्ग, बार, पुराना सजावट सामानहरुबाट एन्टिक महसुस गराउने यस होटलमा मोर्डन हस्पिटालिटीको फ्युजन गरिएको छ ।


Advertisement

नेपाली खाना परिकार पनि समृद्ध रहेको र देशभित्र अनेक किसिमका स्वादिला कुजिन रहेका तर तिनीहरुको प्रचार कम भएको खनालको अनुभव छ ।

उनले भने, 'अहिले नेपाली परिकारहरुको माग निकै बढेको छ। विदेशीले पनि नेपाल आएर पहिले खोज्ने नेपाली विशिष्ट खानेकुरा नै हो, तर हामीले राम्रोसँग उनीहरुलाई बताउन सकेका छैनौं ।'

भिडियो रिपोर्ट - 

 

 

विश्वास खनाल
विश्वास खनाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्