नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा खतरा रहेको भन्दा प्रधानमन्त्रीको अयोग्यता र गैरजिम्मेवारीपन नै देखाउने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले अदालतको फैसलापछि झरेको साख बचाउन जनसहानुभूति बटुल्नका लागि सुरक्षा खतराको कुरा उठाएको आरोप लगाए ।
उनले लेखेका छन्, ‘प्रम केपीले आफूलाई सुरक्षा खतरा भन्नुका सम्भावित कारणः अदालतको फैसलापछि झरेको साख बचाउन जनसहानुभूति बटुल्ने, प्रम नै असुरक्षित भन्ने आवरणमा जनाधिकार कुण्ठित गर्न स्वेच्छाचारी काम गर्ने, अरु कसैमाथि हमला गराउन वातावरण बनाउने । तर यसले प्रमको अयोग्यता र गैरजिम्मेवारीपन नै देखाउँछ ।’
प्रमं केपीले आफुलाई सुरक्षा खतरा भन्नुका सम्भावित कारण:•अदालतको फैसलापछि झरेको साख बचाउन जनसहानुभूति बटुल्ने•प्रमं नै असुरक्षित भन्ने आवरणमा जनाधिकार कुण्ठित गर्न स्वेच्छाचारी काम गर्ने•अरू कसैमाथि हमला गराउन वातावरण बनाउने।तर यसले प्रमंको अयोग्यता र गैरजिम्मेवारपन नै देखाउँछ।
— Bhim Rawal, PhD (@BhimRawal179) March 2, 2021