
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गरेका छन् ।
नेपाल प्रेस संगठन मोरङद्वारा विराटनगरमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनले बहुमत सदस्य आफूहरूका पक्षमा रहेको पनि जिकिर गर्दै पार्टीका अधिकारिकता विषयमा समस्या नहुने विचार राखे ।
नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा पूर्व प्रधानमन्त्री नेपालले राखे । निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका विषयमा चिठ्ठी नै लेखेर पठाइसकिएको बताउँदै नेता नेपालले आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण पेश गरिने बताए ।