२७ असार २०८३, शनिबार

पहिलो राष्ट्रपति बन्ने अफर नै त्यागेको हुँ, अहिले कांग्रेसले लोभ गर्न हुन्न : रामचन्द्र पौडेल

फागुन १८, २०७७
पहिलो राष्ट्रपति बन्ने अफर नै त्यागेको हुँ, अहिले कांग्रेसले लोभ गर्न हुन्न : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो राष्ट्रपति बन्ने अवसर त्यागेको मान्छेलाई अहिले राष्ट्रपतिको लोभमा लागेको भनेर गलत प्रचार गरिएको गुनासो गरेका छन् ।

उनले आफू लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको बताए । 

नेपाली कांग्रेस भक्तपुरले पूर्व सभापति विश्वनाथ मिश्रको १०५ औं जन्मजयन्तीको अवसरमा मंगलवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले अहिले कांग्रेसले कुनै पदको लोभ गर्न नहुने बताए ।

‘म आज तपाईंहरूलाई भन्न बाध्य छु – पहिलो राष्ट्रपति बन्ने बेलामा गिरिजाबाबुलाइ राष्ट्रिय अन्तर्राष्ट्रिय फेनोमेनाले राष्ट्रपति बन्न नदिएपछि तपाईं हुनुस् भनेर मलाई प्रस्ताव गर्नुभएको हो,’ पौडेलले भने, ‘गिरिजाबाबु मलाई अझै पनि लोकतन्त्रको लागि लड्नुपर्ने काम छ, राष्ट्रपतिको पदमा खुम्चिएर हुँदैन, मैदानमा बसेर लड्छु भनेर छाडेर हिडेको थिएँ ।’

पौडेलले आफूले प्रधानमन्त्रीको अफर आउँदा पनि लोकतन्त्रको मूल्य मान्यतासँग सम्झौता नगरेको दाबी गरे । 

‘पहिलो संविधान सभाको अन्तिम अवस्थामा प्रचण्डले बालुवाटारमा बोलाएर रामचन्द्रजी १० राज्यको सिद्धान्त मानिदिनुस्, बाबुराम राजीनामा गर्नुहुन्छ, तपाईं आजै प्रधानमन्त्री बन्नुस् भन्नुभएको थियो । मैले मानिनँ, १–१ बुँदाबुँदामा मैले लडेको हो,’ पौडेलले भने । 

नेता पौडेलले केन्द्रदेखि प्रदेशसम्म कुनै पनि सरकारमा अहिले कांग्रेस जान नहुने बताए । ‘मौका पायो भन्दैमा अहिले सरकारमा गएर जाँदु गर्न सक्छौं ? कुर्सी हत्याएको भोलिपल्ट अर्को चुनावमा कसरी लड्छौं ? हामी प्रतिपक्षको धर्म निभाउने हो । बाग्मती, १ नम्बर होस् कि केन्द्रीय सत्ता हामी प्रतिपक्षमा हो । संसदीय प्रक्रियालाई अवरुद्ध गर्नु हुँदैन, अरु विकृतिमा चोचोमोचो मिलाउनु हुँदैन,’ पौडेलले भने । 

salt training

कमेन्ट गर्नुहोस्