१८ असार २०८३, बिहीबार

नारी दिवसमा पत्नीले पतिलाई बोकेर दौडिने प्रतियोगिता

फागुन १९, २०७७
नारी दिवसमा पत्नीले पतिलाई बोकेर दौडिने प्रतियोगिता
प्रतिकात्मक तस्वीर

नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले पत्नीले पति बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ ।

१११ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते दौड प्रतियोगिता गर्न लागेको हो । 

देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा प्रतियोगिता आयोजना हुनेछ । दौड १०० मिटरको हुने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए ।

गाउँपालिकाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ । त्यसमध्ये पति बोकेर दौडिने प्रतियोगिता नयाँखाले कार्यक्रम हो ।

तनहुँ जिल्लामा यसअघि केही वर्ष पहिले क्षेत्रीय होटल संघ तनहुँले दमौलीमा पतिले पत्नी बोक्ने प्रतियोगिता आयोजना गरेको थियो ।

गाउँपालिकाले नारी दिवसका अवसरमा दिवा खाजा व्यवस्थापनका लागि विद्यालय र बाल विकास केन्द्रलाई भाँडाबर्तन वितरण तथा ढोरबाराही डेन्टल केयर सेन्टरको सहयोगमा महिला स्वस्थ दाँत प्रतियोगिता एवं दन्त शिविर समेत आयोजना गर्दैछ । 

salt training

कमेन्ट गर्नुहोस्