ललितपुर, ८ जेठ— ललितपुरको मतगणना जारी छ । ताजास्थितिमा मेयरका उम्मेदवार नेपाली कांग्रेसका चिरीबाबु महर्जनको १८३१८ मत, एमालेका हरिकृष्ण ब्यञ्जनकारको १६९८२ मत, साझा पार्टीका रमेश महर्जनको १०८०९ मत र माओवादी केन्द्रका दीपेश महर्जनको ४६४३ मत रहेको छ ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसका गीता सत्यालको १४०५८ मत, साझा पार्टीका शोभा शाक्यको ११५२१ मत, माओवादी केन्द्रका हसिना शाक्यको ७५७२ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुकाजी प्रधानको ६६६५ मत रहेको छ ।