२७ असार २०८३, शनिबार

११ मा अध्ययनरत कान्छी जनप्रतिनिधि

कात्तिक २०, २०७४
११ मा अध्ययनरत कान्छी जनप्रतिनिधि
काठमाडौँ, ८ जेठ - स्थानीय निर्वाचनमा गजुरी गाउँपालिकाबाट महिला सदस्यमा २२ वर्षीया युवती विजयी भएकी छिन् । गजुरी गाउँपालिका वडा नम्बर ८ बाट ५०६ मत प्राप्त गरी कविता बराल विजय भएकी आजको नयाँ पत्रिकामा खबर छ ।baral

बराललाई एमालेले महिला सदस्यमा टिकट दिएको थियो । उनी अहिले किराञ्चोक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन् । ‘आफ्नो वडामा एमालेबाट एक्लै विजयी भएकाले थप जिम्मेवारीबोध गरिरहेकी छु, निर्वाचनमा भोट माग्दा पार्टीले गरेको प्रतिबद्धता पूरा गर्न लाग्छु,’ बरालले भनिन् ।

महिला दिदी–बहिनीको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने र वडाको विकासका लागि वडा अध्यक्ष, पालिका अध्यक्ष/उपाध्यक्षसँंग समन्वय गर्ने बरालले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्