
काठमाडौं, २० मंसिर — सलमान खान र कट्रिना कैफ कुनै बेला प्रेममा चुर्लुम्म डुबेका थिए । तर पछि कट्रिना रणवीर कपूरको चक्करमा परिन् भने सलमान युलिया भन्तुरमा लट्ठिए ।

तर टिभी शो ‘कफी विथ करण’को सिजन ५ को एक एपिसोडमा सलमानले कट्रिनाप्रतिको आकर्षण लुकाउन सकेनन् । उक्त शोको सयौं भागमा आफ्ना भाइहरू अरबाज र सोहेलसँग देखिएका सलमान कट्रिनाको कुरा उठ्दा सोफामै खुशीले उफ्रिए ।
करण जोहरले सोहेललाई रेपिड फायर प्रश्नका क्रममा सर्वोत्कृष्ट अभिनेत्री को हुन् भनी सोधे । त्यसमा सलमानले बीचैमा एकदेखि चारसम्म कट्रिना नै हुन् भने । करण छक्क परे र भने, ‘मैले यो प्रश्न तिमीलाई सोधेकै होइन ।’
तर सलमान चुप लागेनन् र कट्रिनाको शिलाकी जवानी गीतमा नाच्न थाले । सलमान कट्रिनालाई कति चाहन्छन् भनेर यसबाटै थाहा लाग्छ । कट्रिना सलमानको यो हर्कत टिभीमा हेरेर कति लजाइन् होला ।
यसैबीच सलमानकी प्रेमिका भनिएकी युलिया भन्तुरले आफ्नो बिहे सलमानसँग हुन लागेको भनी चलेको हल्ला बकवास भएको बताइन् । आफूहरू साथी मात्र भएको उनको भनाई थियो । त्यसो हो भने त सलमान र कट्रिनाको पुनर्मिलन हुनमा कुनै बाधा छैन । आखिर कट्रिनाले पनि रणवीरलाई छोडिसकेकी छिन् ।
बलिउड लाइफ