तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

स्थानीय बजारमा बिहीवार पहेंलो धातुको मूल्य तोलामा १ हजार रुपैयाँले ओरालो लागेको छ ।

तोलामा ८७ हजार ५०० रुपैयाँमा बुधवार कारोबार भएको छापावाला सुन बिहीवारका लागि भने ८६ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ । 


Advertisement

बुधवार ८७ हजार ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहीवारका लागि भने तोलामा ८६ हजार ५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधवार १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीवारका लागि भने तोलामा १ हजार २८५ रुपैयाँ मूल्य निर्धारण भएको महासंघले जनाएको छ । 


Advertisement

कमेन्ट गर्नुहोस्