एक महिलालाई दशकौंसम्म संक्रमण भएपछि कानमा विशेष किसिमको रोग लागेको थाहा भएको छ ।
रोगलाई टर्की ईयर भनिन्छ । यो क्षयरोग अर्थात् टीबीका कारणले हुने गर्छ ।
महिलाले ५० वर्षको उमेरमा आएर छालामा टीबी भएको थाहा पाइन् । यसले गर्दा उनको कान दशकौंदेखि फुलिरहेको थियो । यसले कानको रंग एप्पल जेली जस्तो हुन्छ । छाला रातो, रफ र कठोर हुन पुग्छ ।
जेएएमए डर्मेटोलोजी पत्रिकामा मार्च ३ मा छापिएको रिपोर्टअनुसार, महिलाको कानमा बच्चा हुँदादेखि नै संक्रमण थियो । समयक्रममा यो बढ्दै गयो । त्यसपछि कान फुलेर खैरो–रातो रंगको भयो ।
यी महिला सन् २००८ मा टर्की ईयर रोगको उपचार गराउन क्लिनिक गएकी थिइन् । उनलाई चारवटा एन्टीबायोटिक चलाएर दुई महिनासम्म उपचार गरियो । त्यसपछि दुईवटा एन्टीबायोटिक घटाएर सात महिनासम्म उपचार गरियो ।
बिस्तारै संक्रमण कम हुँदै थियो तर महिलाले बीचैमा उपचार रोकिन् । उपचार पूरा गरेको भए संक्रमण हराउँथ्यो ।
छालामा टीबी संक्रमण गर्ने ब्याक्टेरियालाई माइक्रो ब्याक्टेरियम ट्युबरक्युलोसिस भनिन्छ ।