०२ असार २०८३, मंगलबार

अस्ट्रेलिया : ४१ हजार फीटमाथि भयो विवाह !

फागुन २०, २०७७
अस्ट्रेलिया : ४१ हजार फीटमाथि भयो विवाह !

अस्ट्रेलियामा ४१ हजार फीटको उचाइमा विवाह सम्पन्न भएको छ । 
 

भर्जिन एयरलाइन्सको विमान मेलबर्नबाट सिड्नी गइरहेको बेलामा इलेयन टियाङ र ल्युक सेरडारले एकअर्कालाई औंठी लगाइदिए र फूलको बूके दिए । अभिनेत्री टोटी गोल्डस्मिथले पादरीको भूमिका निर्वाह गरिन् । 

फ्लाइटमा विमान परिचारिकाहरूले बिहेको घोषणा गरे अनि १५० यात्री विवाहको साक्षी बने । 
 

भर्जिन एयरलाइन्सका मालिक रिचर्ड ब्रानसनले सामाजिक सञ्जालमा यसको तस्वीर सार्वजनिक गरेका छन् । 
 

इलेयन आफैं वेडिङ प्लानर हुन् । उनले सयौं जोडीका लागि विवाह गराइसकेकी छन् र आफ्नै बिहे उनी अनौठो तरिकाले गर्न चाहन्थिन् । 
 

ल्युकलाई डुल्न र विमानमा यात्रा गर्न खुबै मन लाग्छ । यस्तो अवस्थामा साथीहरूले विमानमा बिहे गर्ने आइडिया दिँदा दुवैले रुचाए । 

विमानमा बिहे गरे पनि कोभिड नियम पालन गर्दै उनीहरूले एकअर्कालाई चुम्बन गर्ने अनुमति थिएन । फ्लाइटमा उनीहरू मास्क लगाएर बसिरहे । 

सिड्नी पुगेपछि उनीहरूले मास्क खोले अनि उनीहरूको फोटोशूट भयो । 

salt training

कमेन्ट गर्नुहोस्