२३ जेठ २०८३, शनिबार

नेपालको अर्थतन्त्रको वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक, अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रूपैयाँ

फागुन २०, २०७७
नेपालको अर्थतन्त्रको वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक, अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रूपैयाँ

गत आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक देखिएको छ।

केन्द्रीय तथ्यांक विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्यांकअनुसार अर्थतन्त्रको वृद्धिदर ऋणात्मक देखिएको जनाएको हो ।

विभागले कुल गार्हस्थ उत्पादनको गणनाको आधार वर्ष परिवर्तन गरेको छ।

यसअघि सन् २०००/२००१ लाई आधार मानेर तथ्यांक सार्वजनिक गर्ने गरिएकोमा अहिले २०१०/२०११ लाई आधार मानेर तथ्यांक तयार गरिएको छ।

आधार वर्ष परिवर्तन गर्दै तयार पारिएको तथ्यांकअनुसार अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रूपैयाँको पुगेको छ।

salt training

कमेन्ट गर्नुहोस्