
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयर सर्किट लेभलमा कारोवार भएको छ ।
अघिल्लो दिन ५ सय ८ मा झरेको शेयर मूल्य ५० रुपैयाँले बढेर बिहीवार ५ सय ५८ पुगेपछि सर्किट लेभल छोएको हो ।
शेयर बजारमा कुनै पनि कम्पनीको शेयर एकैदिन १० प्रतिशतभन्दा बढी बढ्न वा घट्न पाउँदैन ।
सातामा कारोवार हुने अन्तिम दिन बिहीवार ५ सय ८ बाट शुरू भएको कारोवार बजार बन्द हुनुभन्दा ४५ मिनेट अगाडि दिउँसो सवा २ बजे सर्किट लेभलमा पुगेको हो ।
३ सय ४० बाट दोस्रो बजारमा शुरू भएको कारोवार ७ सय २६ पुगेपछि निरन्तर घट्ने क्रममा थियो ।