
गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँकी सम्झना बोहराको हत्या गरेको अभियोगमा उनकै काकाससुरा पक्राउ परेका छन् ।
माघ २९ गते हराएकी सम्झनाको फागुन १७ गते घर नजिकैको बारीको कुनामा टाउको बोरामा राखेको अवस्थामा शव फेला परेपछि प्रहरीले बिहीवार उनकै काकाससुरा पर्ने ४७ वर्षीय लालबहादुर खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी परुषोत्तम पाण्डेले बताए ।
एसपी पाण्डेका अनुसार खत्रीले सम्झनाकी सासुकै संलग्नतामा हत्या स्वीकारेका छन् । तर सासुले सम्झना हराएको अर्को दिन अर्थात् माघ २० गते आत्महत्या गरेकी थिइन् ।
लालबहादुरले २९ गते नै हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए । हत्या गरेका लालबहादुरले बेपत्ता भएकी सम्झनाको खोजतलास गर्ने कार्यमा पनि सक्रियता देखाएका थिए ।
उनैले शवको गन्ध आएको भनेर स्थानीय जनप्रतिनिधिलाई खबर गरेपछि उनीमाथि अनुसन्धान थालिएको थियो ।