०६ असार २०८३, शनिबार

भारतीय मिडियामा समाचारः यो मामलामा नेपाल अमेरिका भन्दा पनि अगाडि

कात्तिक २०, २०७४
भारतीय मिडियामा समाचारः यो मामलामा नेपाल अमेरिका भन्दा पनि अगाडि

काठमाडौं, ८ जेठ– अहिले विश्वमा सबैभन्दा बढी विजुली उत्पादन गर्ने देशमध्ये अमेरिका पनि पर्छ । तर, भारतीय सञ्चारमाध्यमले नेपाल अमेरिका भन्दा पनि बढी विद्युत उत्पादन गर्ने प्रक्रियामा रहेको भन्दै ‘विशेष’ समाचार लेखेको छ ।

भारतको चर्चित पत्रिका ‘जागरण’को अनलाइन संस्करणमा छापिएको समाचारमा नेपालले केही वर्षमै अमेरिकाभन्दा ४० प्रतिशत बढी विद्युत उत्पादन गर्ने जनाइएको छ । समाचारमा लेखिएअनुसार नेपालमा अहिले अर्बौं रुपैयाँको लगानीमा जलविद्युत आयोजनाहरु निर्माण भइरहेका छन् ।

‘सुन्दर देश नेपालले कल कल बग्ने पानीको प्रयोगलाई अझ बृहत्तर बनाउँदैछ । नदीहरुमा बाँध बाँधेर नेपाल एयियाकै सबैभन्दा बढी विजुली उत्पादन गर्ने देश बन्दै छ,’ जागरणको समाचारमा भनिएको छ ।

नेपालमा अहिले १०० भन्दा बढी जलविद्युत परियोजनाहरु निर्माणाधिन अवस्थामा रहेको उल्लेख छ । र, जसमध्येका ४० आयोजनाहरु एक वर्षभित्रै निर्माण सम्पन्न हुने छन् ।

salt training

कमेन्ट गर्नुहोस्