१९ असार २०८३, शुक्रबार

गोरखा डिपार्टमेन्ट स्टोरमा एनआइसी एशिया बैंकको क्यूआर भुक्तानी सेवा उपलब्ध

फागुन २०, २०७७
गोरखा डिपार्टमेन्ट स्टोरमा एनआइसी एशिया बैंकको क्यूआर भुक्तानी सेवा उपलब्ध

एनआइसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्यूआर भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । 

बैंकको तर्फबाट प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका तर्फबाट महाप्रबन्धक बलराम आचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 

बैंकले सजिलो एकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै फोन पेको क्यूआर कोड आउने नवीनतम प्रणालीको सुरुवात गरेको छ । 

जसमार्फत कम्प्युटरको स्कृनमै क्यूआर कोड स्क्यान गरी उपभोक्ताहरूले खरिद रकम भुक्तानी गर्न सकिनेछ । फोन पेमा आबद्ध बैंकका ग्राहकले उक्त डिपार्टमेन्ट स्टोरका मोरङ जिल्लास्थित विराटचोक तथा पथरी, सुनसरी जिल्लाकोे इटहरी र झापा जिल्लाको दमक रहेका चार वटा शाखाहरूबाट क्यूआर कोडाबाट भुक्तानी गर्न सक्नेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्