कुनै कसूर नहुँदा–नहुँदै पनि जीवनका महत्त्वपूर्ण २३ वर्ष जेलमा बिताउनु परेपछि अमेरिकाका एक व्यक्तिलाई लगभग ५ करोड रुपैयाँ क्षतिपूर्ति पाइने भएको छ ।
अमेरिकाको विनोन शहरमा ४ जनाको हत्या गरेको अभियोगमा सन् १९९७ जनवरीमा पक्राउ परेका कर्टिस फ्लावर्सले २३ वर्ष जेलमा बिताउनुपर्यो । फर्निचर स्टोरमा भएको हत्याको घटनापछि उनी पक्राउ परेका थिए ।
तर अदालतले अन्तिममा उनलाई निर्दाेष ठहर गर्दै क्षतिपूर्ति दिन आदेश दिएको छ । उनले कूल ५०० हजार डलर क्षतिपूर्ति पाउनेछन् । तर उनलाई क्षतिपूर्ति रकम एकमुष्ट दिइने छैन ।
उनलाई १० वर्षसम्म वार्षिक रूपमा ५०/५० हजार डलर क्षतिपूर्ति दिन फैसला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी पब्लिक मिडिया रिपोर्टस्सँग कुरा गर्दै फ्लावर्सले भनेका छन्, ‘न्याय पाएपछि मलाई राम्रो लागेको छ । क्षतिपूर्ति अलि बढी हुनुपर्ने थियो ।’