×

NMB BANK
NIC ASIA

रूपन्देहीमा महानगर बनाउँदै छौं - अर्थमन्त्री पौडेल

फागुन २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवनको बिहीबार अर्थमन्त्री विष्णु  पौडेलले उद्घाटन गरेका छन् । २०७४ माघ ७ गते तत्कालीन प्रतिनिधिसभा सदस्यको रुपमा शिलन्यास गरेको भवनको बिहीबार अर्थमन्त्रीको रुपमा उनले  आफैंले उद्घाटन गरेका हुन ।

Sagarmatha Cement
Muktinath Bank

भवनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले आगामी निर्वाचनसम्म रूपन्देहीमा महानगरपालिका बन्ने बताए । निकट भविष्यमा कार्यान्वयनमा आउने महानगरको आवश्यकतालाई पूरा गर्नेगरी तिलोत्तमा नगरपालिकाले ‘प्राइम लोकेशन’ मा भवन निर्माण गरेको उल्लेख गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आगामी निर्वाचनमा हामीले महानगरका लागि मत माग्छौं । रुपन्देहीको बुटवल, तिलोत्तमा, सैनामैना, देवदह सिद्धार्थनगरलाई मिलाएर महानगर बनाउँछौं,' पौडेलले भने ।


Advertisment
Nabil box
Kumari

तिलोत्तमा रुपन्देहीकै केन्द्र भागमा रहेकोले बुटवल, तिलोत्तमा, सिद्धार्थनगरलगायतका पालिका समेटी बन्ने महानगरको कार्यालय यहीँ ठाउँमा निर्माण हुने उनले स्पष्ट पारे । उनले अर्को स्थानीय तहको निर्वाचनसम्ममा यो क्षेत्र महानगरको रुपमा विकास हुने बताए ।

Vianet communication
Laxmi Bank

तिलोत्तमाका जनप्रतिनिधिहरुले जनताको हित र विकासप्रति समर्पित भएर काम गर्ने असल एवं सफल जनप्रतिधिको पहिचान बनाएको बताउँदै उनले नगर प्रमुख, उप–प्रमुखलगायतका जनप्रतिनिधिहरुको प्रशंसा गरे ।

तिलोत्तमाले देशभरका पालिकाहरुमा याद गरिने, आश गरिने नगरपालिकाको पहिचान बनाएको बताउँदै अर्थमन्त्री पौडेलले विकासप्रति यहाँका जनप्रतिनिधिले देखाएको सक्रियतामा आफ्नो सधैं साथ रहने स्पष्ट पारे ।

नयाँ नगरपालिका भए पनि तिलोत्तमाले गरेका कामहरु निकैं प्रभावकारी रहेको चर्चा गर्दै उनले यसले विकासको मानक स्थापित गरेको बताए ।

रुपन्देही देशमैं विकासको रोलमोडल बनिरहेको चर्चा गर्दै अर्थमन्त्री पौडेलले जिल्लाको मध्यभागमा रहेको तिलोत्तमा समेत यसमा एकाकार रहेको उल्लेख गरे । तिलोत्तमाले विकास निर्माण, सामाजिक परिवर्तन, वातावरण संरक्षण, सरसफाईमा दह्रो कदम चालेको उल्लेख गर्दै तिलोत्तमा अब अघि नै बढिरहने बताए ।

तिलोत्तमामा निर्माण हुने मेडिकल कलेज, अन्तर्राष्ट्रिय खेलमैदान, पार्क, सडक सञ्जाल, प्रादेशिक बसपार्कलगायतका पूर्वाधारले यहाँको विकासमा महत्वपूर्ण टेवा पुर्याउने उनको विश्वास छ । उनले रुपन्देहीमा कार्यान्वयनमा रहेका र निर्माण हुने गेम चेञ्जर परियोजनाहरुले जिल्लाको मुहार फेर्ने स्पष्ट पारे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x