
सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ ।
बिहीवार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्ध फुकाउने निर्णय गरेको हो ।
सरकार र विप्लवपक्षबीच दुई दिन लगातार भएको वार्तामा गरिएको सहमतिअनुसार प्रतिबन्ध फ़ुकाइएको हो ।
२ वर्ष पहिला फागुनमै सरकारले आपराधिक क्रियाकलाप गरेको निष्कर्षसहित विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।