×

NMB BANK
NIC ASIA

स्याउ उत्पादनमा कमी

फागुन २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यहाँको जुम्ली स्याउको बर्सेनि माग बढिरहँदा उत्पादनमा गिरावट आउन थालेपछि किसान निकै चिन्तित भएको स्याउ किसान महेन्द्र पाण्डेले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार यस वर्ष रु १९ करोड बराबरको स्याउ जिल्लाबाहिर गएको छ । गत वर्ष यहाँबाट रु ३४ करोड बराबर स्याउको कारोवार भएको थियो । “गत वर्ष स्याउबाट दोब्बर आम्दानी भएको थियो”, वरिष्ठ कृषि अधिकृत खेमराज शाहीले भने, “यस वर्ष ह्वात्तै घट्यो, स्याउको क्षेत्रफल बढिरहेका बेला उत्पादन घट्नुले किसान मर्कामा छन् ।”


Advertisment
Nabil box
Kumari

उनका अनुसार गएको वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो तर यस वर्ष छ हजार दुई मेट्रिकटन मात्र स्याउ फलेको छ । पछिल्लो समयमा यहाँका किसान स्याउखेतीप्रति आकर्षित भए पनि उत्पादनमा हरेक वर्ष गिरावट भइरहेको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक बताउँछन् ।

Vianet communication
Laxmi Bank

जुम्लामा विगत दुई÷तीन वर्षयताकै स्याउ उत्पादन घटेको हो । समयमा हिउँ नपर्नु, बगैँचामा भाले जातको बिरुवा नहुनु, तालिमप्राप्त प्राविधिकबाट बिरुवा व्यवस्थापन नहुनुलगायतका कारणले स्याउ उत्पादनमा गिरावट आएको स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नमराज सापकोटाले बताए ।

हचुवाको भरमा स्याउखेती गर्नाले पनि स्याउ नफलेको कृषि प्राविधिक बताउँछन् । “अन्य खेतिपातीको काम छाडेर स्याउखेती गरिरहेका छौँ तर अपेक्षाकृत उत्पादन हुन सकेको छैन”, स्याउ किसान नर रावलले भने। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x