०१ असार २०८३, सोमबार

राष्ट्रिय सभागृहमा सार्वजनिक हुनुअघि वार्ता टोलीका सदस्यसँग छलफलमा विप्लव

फागुन २१, २०७७
राष्ट्रिय सभागृहमा सार्वजनिक हुनुअघि वार्ता टोलीका सदस्यसँग छलफलमा विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले राष्ट्रिय सभागृहमा सार्वजनिक हुनुअघि आफ्ना पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । 

सरकारसँग पार्टीका तर्फबाट वार्ताका लागि गठित समितिका शीर्ष नेताहरूसँग विप्लवले काठमाडौंमा भेटेका हुन् । 

उनले आजै मात्र रिहा भएका पार्टीका नेता धर्मेन्द्र बास्तोला लगायतको टोलीसँग भेटेका हुन् । 

सरकारसँगको वार्ता सफल भएपछि विप्लव दुई वर्षपछि सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् ।

सरकार र विप्लव समूहबीच भएको सहमति सार्वजनिक गर्न २ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको छ ।

कार्यक्रमलाई प्रधानमन्त्री ओली, विप्लव लगायतले सम्बोधन गर्दैछन् ।

गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी वार्ता टोलीसँग विप्लव समूहले हिजो ३ बुँदे सहमति गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्