×

NMB BANK
NIC ASIA

एघार दिनसम्म पनि महोत्तरीका झा दम्पतीको अवस्था अज्ञात; कहाँ पुग्यो अनुसन्धान, के पाइयो 'क्लु' ?

फागुन २१, २०७७

NTC
Premier Steels

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५, सहोर्वा गाउँका एक दम्पती ११ दिनदेखि बेपत्ता छन् ।

Muktinath Bank

गत फागुन ११ गते राति घरमा छुट्टाछुट्टै कोठामा सुतेका ६५ वर्षीय मोसाफिर झा तथा उनकी श्रीमती गीता देवी झा ओछ्यान र झुलसहित बेपत्ता भएका थिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त घटनाको अनुसन्धानका शिलशिलामा हालसम्म धेरै मानिससँग सोधपुछ गरिएको भएपनि ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।


Advertisment
Nabil box
Kumari

२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख समेत रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहका अनुसार हालसम्म उक्त घटनामा संलग्न हुन सक्ने कुल ४ जनालाई प्रहरी हिरासतमा लिएर अनुसन्धान थालिएको छ।

Vianet communication

'बेपत्ता दम्पतीका छिमेकी समेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, जग्गाको कारोवार गर्दै आएका भारतीय नागरिक हरेन्द्र ठाकुरसहित ४ जनालाई हिरासतमै नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौं,' डीआईजी सिंहले लोकान्तरसँग भने, 'बेपत्ता भएका दम्पतीको दुईवटा झुल भने पोखरीबाट फागुन १४ गते नै बरामद गरिसकेका छौं।'

प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)आलम खानको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेर घटनाको अनुसन्धान गरिरहेको भएपनि प्रहरीले हालसम्म सफलता भने पाउन सकेको छैन।

'एसएसपी सा'बको संयोजकत्वमा गठित अनुसन्धान टोलीले घटनाको विभिन्न किसिमले अनुसन्धान गरिरहेको छ,' डीआईजी सिंहले भने, 'बेपत्ता भएका दम्पतीको अवस्था हालसम्म अज्ञात रहेकाले जिउँदै वा मृत कुन अवस्थामा छन् भन्ने कुरा तर्फ अनुसन्धान केन्द्रित भएको छ।' व्यक्तिगत रिसइबी, पारिवारिक रिसइबी तथा आर्थिक रिसइबी गरेर तीनवटा कोणबाट अनुसन्धान भइरहेको उनले बताए।

बेपत्ता भएकी गीता देवीको कोठा अगाडि रगतका छिटा समेत पाइएको थियो। उनका छिमेकी रामबाबु यादवको घरअगाडि समेत रगतका छिटा फेला परेको थियो। दुवै रगतको स्याम्पल परीक्षणका लागि काठमाडौं ल्याइएको भए पनि हालसम्म त्यसको रिपोर्ट आउन बाँकी रहेको सिंहले बताए।

पक्राउ परेका चारैजनाको पोलिग्राफ टेस्ट गरिएको छ। 'पोलिग्राफ टेस्ट गर्दा हरेन्द्र र रामबाबुले कतिपय कुरा झूट बोलेको पाइएको थियो,' डीआईजी सिंहले भने, 'अपहरण गरेर बेपत्ता पारिएको, त्यसपछि हत्या गरेर कतै लास बेपत्ता बनाएको हुनसक्ने सम्भावनातर्फ पनि अनुसन्धान जारी छ।'

बेपत्ता दम्पतीलाई मारेर कतै पोखरीमा फालेको हुन सक्ने आशंकामा करीब ५० वटा भन्दा बढी पोखरीमा महाजाल (ठूलो जाल) हालेर छान्न लगाइनुका साथै बोटबाट समेत पोखरी तथा खोलाहरूमा सर्च अभियान चलाइएको उनले बताए।

त्यसबाहेक कतै जंगल, झारमा त लुकाएको छैन भनेर महोत्तरी, धनुषाका विभिन्न स्थानका जंगल, झारमा समेत सर्च अभियान चलाइएको उनले बताए। त्यसबाहेक कतै माटोमा पुरेको छ कि भनेर विभिन्न स्थानहरूमा समेत खोजी जारी रहेको उनले बताए।

प्रदेश प्रहरीको डग स्क्वाडसहित विभिन्न प्राविधिक टोलीले बेपत्ता दम्पतीको खोजी गरिरहेको भएपनि हालसम्म स्थिति अज्ञात नै छ।

पक्राउ परेका भारतीय नागरिक हरेन्द्र ठाकुर ठूलो जग्गा व्यापारी हुन्। उनले धनुषा, महोत्तरी, काठमाडौं समेत विभिन्न शहरहरूमा जग्गा प्लटिङ गर्ने, घर बनाउने र विक्री गर्ने कारोबार गर्दै आएका थिए। सोही क्रममा महोत्तरीको पिपरा गाउँपालिका स्थित बनौली गाउँमा समेत हरेन्द्रले जग्गा प्लटिंग गरेर घर बनाउने तथा बेच्ने काम गर्दै आएका थिए।

उक्त जग्गा नजिक नै बेपत्ता दम्पतीको १४ कठ्ठा जति जग्गा थियो। उक्त जग्गा बेच्नका लागि हरेन्द्र तथा उनीसँग काम गर्ने रामबाबुले दबाब दिँदै आएको भएपनि बेच्न मानिरहेका थिएनन्। त्यसै कारण उनीहरूलाई अपहरण गरेर बेपत्ता बनाएको हुन सक्ने प्रहरीको आशंका छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x