०१ साउन २०८३, शुक्रबार

काँग्रेसले सरकारमा जान हतार गर्नुहुन्न : प्रकाशमान

फागुन २१, २०७७
काँग्रेसले सरकारमा जान हतार गर्नुहुन्न : प्रकाशमान

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका छन् ।

सिमरा विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले काँग्रेसले सरकारमा जान हतार नगरी विद्यमान सङ्कटलाई निकास दिनतिर भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे। 

नेता सिंहले विधिको शासन कायम गर्न र प्रेस स्वतन्त्रतालाई मजबुत गर्नका लागि पनि काँग्रेसले प्रतिपक्षको भूमिका दरिलो रुपमा प्रस्तुत गर्नुपर्ने सुझाव व्यक्त गरे।

उनले पार्टीमा देखिएको गुट उपगुटलाई चिरी एकता निर्माण गर्नका लागि सबैको पहल हुनुपर्नेमा जोड दिए । 

उनले संविधानले तोकेको समयसीमामा पार्टीको अधिवेशन गरी पार्टीलाई जीवन्त राख्न सबैको साझा दायित्व रहेको बताए ।

फरक प्रसङ्गमा नेता सिंहले पार्टीमा आफ्नो पनि ठूलो लगानी रहेको हुँदा कार्यकर्ताले विश्वास गर्‍यो भने सभापतिका लागि योग्य रहेको प्रष्ट पारे ।

उनी पतरौता नगरपालिका–९ कुडवा निवासी स्व रामनारयण यादवको श्रद्धाञ्जली सभामा भाग लिनका लागि बारा पुगेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्