
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको छ ।
सिंहदरबारमा पार्टी संसदीय दलको बैठक शुरू हुनुअघि हस्ताक्षर संकलनको काम भइरहेको सांसद इन्दु शर्माले लोकान्तरलाई जानकारी दिइन् ।
प्रतिनिधि सभा पुन:स्थापनापछि नेकपा संसदीय दलको राजनीति निकै पेचिलो बनेको छ ।
पार्टी संसदीय दलमा आफूहरूको बहुमत रहेको दाबी नेकपाका दुवै पक्षले गर्दै आएका छन् ।
आज प्रचण्ड-नेपाल पक्षको बैठकमा कति जनाले हस्ताक्षर गर्छन् भन्ने कुरालाई महत्त्वका साथ हेरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने हो भने पनि कम्तिमा ६९ सांसदको हस्ताक्षर चाहिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेकपाले भने भोलि शनिवारका लागि बैठक बोलाएको छ ।
बैठकका लागि प्रचण्ड-नेपाल पक्षीय सांसदहरूलाई पनि एसएमएस पठाइएको छ ।