
भूमिगत क्रियाकलाप सञ्चालन गरिरहेको नेकपा (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न बालुवाटार प्रवेश गरेका छन् ।
नवलपरासीबाट काठमाडौं आएका विप्लव पार्टीका नेताहरूसँग आन्तरिक छलफलपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको सुरक्षा स्रोतले लोकान्तरलाई जानकारी दियो ।
सरकारसँगको वार्ता सफल भएपछि विप्लव दुई वर्षपछि सार्वजनिक कार्यक्रममा देखिन लागेका छन् । त्यसका लागि राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम राखिएको छ ।
कार्यक्रमलाई प्रधानमन्त्री ओलीसँगै विप्लवले पनि सम्बोधन गर्नेछन् ।
गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी वार्ता टोलीसँग विप्लव समूहले हिजो ३ बुँदे सहमति गरेको थियो ।
त्यही सहमतिमा हस्ताक्षर र नेताहरूले सम्बोधन गर्ने गरी सभागृहमा विशेष कार्यक्रम आयोजना गरिएको हो ।