०१ असार २०८३, सोमबार

६ हजार १४३ पीसीआर परीक्षण गर्दा १२० जनामा कोरोना पुष्टि

फागुन २१, २०७७
६ हजार १४३ पीसीआर परीक्षण गर्दा १२० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घन्टामा मुलुकभर १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

६ हजार १ सय ४३ पीसीआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको छ । 

शुक्रवार ८३ जना संक्रमित उपचार पछि निको भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको छ । 

मन्त्रालयका अनुसार, हालसम्म सक्रिय संक्रमितको संख्या ८ सय ३२ रहेको छ । 

शुक्रवार कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ । हालसम्म भने ३ हजार १० जनाको संक्रमणबाट मृत्यु भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्