×

NMB BANK
NIC ASIA

ओलीको आक्रोश– दुईतिहाइ भत्काएर किस्तीमा प्रधानमन्त्री राखी खाइदिनुस् न भन्दै हिँड्ने ?

फागुन २१, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुचित ढंगले प्रधानमन्त्री बन्ने प्रस्ताव आफूले कसैलाई नराखेको बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

काठमाडौंको राष्ट्रिय सभागृहमा विप्लव नेतृत्वको नेकपासँग भएको सहमति सार्वजनिक गर्न आयोजित कार्यक्रममा ओलीले आफूले कसैलाई सकारको नेतृत्व गर् भनेर नभन्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथै उनले प्रतिनिधि सभा पुनःस्थापनापछि सरकार ढाल्ने प्रयासहरू भइरहेको समेत बताए । ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै प्रचण्ड–नेपाल समूहले गरेको आग्रहलाई तमासाको संज्ञा दिए । 
‘केही मान्छेहरू बर्बादै पार्न खोज्छन् देशलाई । संसदीय दलको बैठक गर्दैछन् भन्ने सुनेको थिएँ । दलको नेता म यहाँ छु, उहाँहरू लाग्नु भएको छ मरिमेटेर । मलाई उहाँहरूलाई देखेर अचम्म लाग्छ पनि लाग्दैन पनि, किनभने उहाँहरू त्यस्तै हो,’ ओलीले भने, ‘अचम्म के लाग्छ भने नग्नताको पनि यो हद ? आफ्नो दुईतिहाइ भत्काएर छाड्ने, किस्तीमा प्रधानमन्त्री लिएर खाइदिनुस् न भनेर अन्त जाने ! हामी बनाउँछौ नि तपाईंलाई लिइदिनुस् न प्रधानमन्त्री, हामी छौं नि तपाईंको पछाडि लाग्ने भन्ने । नेतृत्व गर्न छाड्ने, नेतृत्व गरिदिनुस् भन्ने कुरा कुन आइडोलोजीमा पर्छ ? मैले पढेको मार्क्‍सवादमा पर्दैन ।’


Advertisment
Nabil box
Kumari

ओलीले प्रतिनिधि सभा पुनःस्थापना भएपछि देशमा फेरि तमासा शुरू भएको आरोप लगाए । ‘प्रतिनिधि सभा फिर्ता आएपछि तमासा शुरू भएको छ । यो तमासा नेपाली जनताले हेर्दै जानुपर्ला, नेपाली जनताले भोग्दै जानु पर्ला । यो पनि हेक्का रहोस् कि यो देशमा हाम्रो पार्टी पनि छ,’ ओलीले भने, ‘सरकार ढाल्ने बहुतै गम्भीर प्रयास भइरहेको छ । त्यो त २०७३ सालमा पनि भएको थियो । त्यो बेला पनि मैले भनेको थिएँ, हामी जस्केलाबाट, झ्यालबाट होइन मूल ढोकाबाट सरकारमा आउँछौं । २०७४ सालमा जनताको मन जितेर सरकारमा आएका हौं ।’

Vianet communication
Laxmi Bank

ओलीले शान्तिपूर्ण राजनीतिमा आएको भन्दै विप्लवको प्रशंसा समेत गरे । ‘मलाई थाहा छ यो राजनीतिमा पौडी खेल्न विप्लवलाई पनि आउँछ,’ ओलीले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x