०३ असार २०८३, बुधबार

विद्युत प्राधिकरणका ४ कर्मचारीविरुद्ध अख्तियारको मुद्दा

फागुन २१, २०७७
विद्युत प्राधिकरणका ४ कर्मचारीविरुद्ध अख्तियारको मुद्दा

नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्र, अन्तर्गत ढल्केवर नोलाइट धनुषामा कार्यरत सुपरभाइजर जगत नारायण साह, इलेक्ट्रिसियन येम कुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्य गर्ने नवल किशोर राउत र मनोहर कुमार महतो विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।

नयाँ  मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले सेवाग्राहीबाट पाँच हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजहरुलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्र अन्तर्गत ढल्केवर नोलाइटमा कार्यरत सुपरभाइजर  साह, इलेक्ट्रिसियन महतो, हेल्पर महतो र इलेक्ट्रिसियन राउत (ज्यालादारी) को सहमति, संलग्नता एवं मिलेमतोमा नवल किशोर राउतमार्फत सेवाग्राहीको नाममा दर्ता रहेको पोल्ट्री फर्ममा विद्युत मिटर जडान गराई दिए वापत ५ हजार रूपैयाँ घुस/रिसवत लिएको भन्दै आयोगले शुक्रवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्