०८ असार २०८३, सोमबार

कांग्रेस प्रतिपक्षमै बस्नुपर्छ : अर्जुननरसिंह केसी

फागुन २१, २०७७
कांग्रेस प्रतिपक्षमै बस्नुपर्छ : अर्जुननरसिंह केसी
फाइल फोटो

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेकाले अहिले सरकारमा जान हतार गर्न नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन, चितवनले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेस अहिले सरकारमा जान नहुने बताएका हुन् ।

उनले भने, “जनताले कांग्रेसलाई पाँच वर्षका लागि प्रतिपक्षमा देख्न चाहेका हुन् । त्यहीअनुसार प्रतिपक्षमै बस्नुपर्छ भन्ने मेरो धारणा हो ।” कांग्रेसले अरुलाई सरकारमा सहयोग गरेर बाहिर बस्नुपर्ने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो “अरुलाई सहयोग गर्ने भन्दैमा देशलाई सङ्कटमा राख्नेसँग नभई अरूसँग सहकार्य गरेर अघि बढ्नुपर्छ ।” 

प्रधानमन्त्रीले संसद् विघटन गराएकाले राजनैतिक नैतिकताको दृष्टिले पनि प्रधानमन्त्रीलाई साथ दिन नसकिने बताए ।
 
उनले भने, “कांग्रेस अब आउने दुई वर्षपछि नेपाली जनताको जनादेश बोकेर सरकारमा जान्छ ।” कांग्रेसले प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनु आवश्यक रहेको उनको भनाइ छ । 

उनले नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले गरेको सहमति स्वागतयोग्य भए पनि  हतियारका बारेमा सम्झौता नहुनुलाई अर्थपूर्णरुपमा कांग्रेसले लिएको बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्