![यसरी गरे ओली र विप्लवले मञ्चको साझेदारी [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Oli_Biplam_Chair_FqE4xSbQou.jpg)
सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच शुक्रवार तीन बुँदे सहमति भएको छ ।
राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरेर दुवै पक्षले तीन वटा बुँदामा हस्ताक्षर गरेका हुन् ।
मञ्चमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा 'बादल' लगायत सहभागी थिए भने नेकपाका तर्फबाट महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड', धर्मेन्द्र बास्तोला 'कन्चन'लगायतका नेताहरू आसीन थिए ।
सहमति भएको तीन बुँदामध्ये पहिलो बुँदामा वार्तामार्फत निकास निकाल्ने, दोस्रोमा नेकपाले आफ्ना गतिविधिहरू शान्तिपूर्ण रूपमा संचालन गर्ने र तेस्रोमा सरकारले लगाएको प्रतिबन्ध हटाउने र गिरफ्तार नेता कार्यकर्तालाई जेलमुक्त गर्ने उल्लेख छ ।
हेर्नुहोस् तस्वीरमा -


















