२७ जेठ २०८३, बुधबार

'राजनीति घिनलाग्दो खेलका लागि हुनु हुँदैन'

फागुन २१, २०७७
'राजनीति घिनलाग्दो खेलका लागि हुनु हुँदैन'

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्ने बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित सेरावेशीमा निर्मित स्व.सञ्जय खनाल स्मृति प्रतीक्षालय तथा खानेपानी धारा उद्घाटन  कार्यक्रममा उनले हिजोका सबै आसक्ति त्यागेर पुनः एक पटक लोकतन्त्रलाई बचाउनुपर्ने बेला आएको बताए ।
कांग्रेसले २००७ सालदेखि अहिलेसम्म निरन्तर जनताको अधिकार, लोकतन्त्र र सार्वभौमिक राष्ट्र बनाउनका लागि संकल्प लिएर बढेको बताउँदै उनले यसबीचमा धेरै किसिमका मार खप्दै कांग्रेस क्रियाशील भएको उल्लेख गरे । राजनीतिले जनतालाई सुविधा दिनुपर्ने बताउँदै उनले यो घिनलाग्दो खेलका लागि हुन नहुने स्पष्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्