१४ असार २०८३, आइतबार

उत्तर कोरियाले मध्यमदूरीको क्षेप्यास्त्र व्यापक उत्पादन गर्ने, अमेरिका हान्ने लक्ष्य

कात्तिक २०, २०७४
उत्तर कोरियाले मध्यमदूरीको क्षेप्यास्त्र व्यापक उत्पादन गर्ने, अमेरिका हान्ने लक्ष्य

काठमाडौं, ८ जेठ — उत्तर कोरियाले मध्यमदूरीको नयाँ क्षेप्यास्त्र व्यापक मात्रामा उत्पादन र तैनाथ गर्नका लागि आफू तयार रहेको बताएको छ । जापान र अमेरिकाका प्रमुख सैन्य आधारइलाकासम्म यी क्षेप्यास्त्र पुग्न सक्ने बताइएको छ ।


आइतवार परीक्षण प्रहार गरिएको पुक्गुकसोङ–२ क्षेप्यास्त्र ५०० किलोमिटर पर पुगेर प्रशान्त महासागरमा खसेको थियो । उत्तरको मिडियाले भविष्यमा अझै धेरै क्षेप्यास्त्र हान्ने बताएको छ ।

साउदी अरबको भ्रमणमा रहेका ट्रम्पले यसमाथि सार्वजनिक टिप्पणी गरेका छैनन् ।

उत्तरका सर्वोच्च नेता किम जोङ–उनले प्रक्षेपणको आदेश दिएर एक निरीक्षणस्थलबाट क्षेप्यास्त्र उडेको हेरेको राज्यनियन्त्रित मिडियाले सोमवार लेख्यो । किमले प्रक्षेपण सफल रहेको प्रतिक्रिया दिएको सञ्चारमाध्यम लेख्छन् ।

उत्तरले केही वर्षयता लगातार आणविक हतियार तथा क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ ।

क्षेप्यास्त्रमा आणविक हतियार राखेर अमेरिकाका शहरमा प्रहार गर्ने आफ्नो लक्ष्य रहेको उत्तर कोरियाले बारम्बार बताउँदै आएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्