
काठमाडौं, ८ जेठ– आगामी जेठ ३१ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति पार्टी, कञ्चनपुरले जिल्लाका तीन नगरपालिकाको मेयर पदमा महिला उम्मेदवारलाई उठाउने भएको छ ।
जिल्लाका नौ वटा नगरपालिका मध्ये भिमदत्त, पुनर्वास र सुक्लाफाँट नगरपालिकामा महिला उम्मेदवार उठाउने निर्णय भएको नयाँ शक्ति पार्टी, ७ नम्बर प्रदेश संयोजक लीला भण्डारीले जानकारी दिइन् ।
पार्टीले भिमदत्त नगरपालिकामा माया नेगी, पुनर्वास नगरपालिकामा सत्यदेवी चापागाईँ र सुक्लाफाँट नगरपालिकामा द्वारिका कुँवरलाई उम्मेदवार उठाउने निर्णय गरेको छ ।
जिल्लाका बेलौरी, झलारी—पिपलाडी, देधारा चाँदनी, घोडाघोडी, कृष्णपुर, बेलडाँडा र बेदकोट नगरपालिकामा भने उम्मेदवार घोषणको काम गर्ने तयारी भइरहेको प्रदेश संयोजक भण्डारीले बताइन् । साथै बाँकी रहेका नगरपालिकामा पनि महिला उमेद्वारलाई प्राथमिकता दिइने पनि उनले जानकारी दिइन् ।